images

२०८३ आश्विन १७ गते

images
images
images

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड स्तरोन्नति

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड स्तरोन्नति

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभीरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईंका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । 

    images
    images

    नागढुंगा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर ६३ करोड रुपैयाँमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुंगा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर ६६ करोड रुपैयाँमा काम सम्पन्न भएको छ । 

    त्यसैगरी, राहुघाट, बेगखोला, महभीर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend