images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • सुजितकुमार शाक्य एनआईसी एसिया बैंकको सीईओमा...

सुजितकुमार शाक्य एनआईसी एसिया बैंकको सीईओमा नियुक्त

सुजितकुमार शाक्य एनआईसी एसिया बैंकको सीईओमा नियुक्त

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौँ । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षे कार्यकालसहित  सीईओको जिम्मेवारी दिइएको बैंकका कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिए । शाक्यले आगामी ३० दिनभित्र बैंकमा  सीईओको कार्यभार सम्हाल्नेछन् । बैंक सञ्चालक समितिले शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो। 

    images
    images

    तीन दशक लामो अनुभव भएका शाक्य हाल नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ हुन् । यसअघि उनी ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक लगायतमा काम गरेको अनुभव छ । एनआइसी एसिया बैंकबाट तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो । शाक्यले कार्यभार नसम्हालेसम्म सन्तोषकुमार राठीले कायम मुकायम सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend