images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टलमा...

एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टलमा के के जानकारी पाइन्छ?

एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टलमा के के जानकारी पाइन्छ?

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • एनआईसी एसिया बैंक लिमिटेडले लिलाम बिक्री पोर्टलमार्फत विभिन्न जानकारी दिँदै आएको छ। पोर्टलमा बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी लिन मिल्ने बैंकले जनाएको छ। खासगरी बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरू यसमा रहेको बैंकको भनाइ छ। 

    images
    images

    ‘यसको लागि ग्राहकहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नेछन्’, बैंकले भनेको छ। यसरी ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ। 

    बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैरबैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकहरूले अनलाइन पोर्टलबाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिन सक्ने बैंकले जनाएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend