images

२०८३ आश्विन १७ गते

images
images
images

ग्लोबल आईएमई बैंक र यती एयरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक

ग्लोबल आईएमई बैंक र यती एयरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सुरुवात गरेको छ ।काठमाडौंमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा उक्त कार्ड अनावरण गरे ।

    images
    images

    ग्लोबल स्काई क्लब कार्डवाहकले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनेछन् भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरूप निःशुल्क टिकट पाइने छ ।यसका साथै ग्लोबल स्काई क्लब कार्ड लिँदा १ सय प्वाइन्ट बोनस प्राप्त हुनेछ । बोनस प्वाइन्ट विभिन्न छुट तथा सुविधाका लागि प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कमबाट हुने कारोबारमा पनि प्रत्येक १ सय रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ ।

    कार्डवाहक ग्राहकले चेक–इन र बोर्डिङमा प्राथमिकता साथै यात्रामा सामानको निर्धारित तौलभन्दा थप ५ किलो तौल लैजाने सुविधा पनि पाउने छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीईओ रेग्मीले ग्लोबल आइएमई बैंक र यती एयरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गरे ।त्यसैगरी यती एयरलाइन्सका सीईओ सापकोटाले ग्लोबल आइएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए ।

    images
    images

    कार्यक्रममा ग्लोबल आइएमई बैंकका सहायक सीईओ सुमन पोखरेल तथा यती एअरलाइन्सका एकाउन्टेबल म्यानेजर÷चिफ बिजनेस अफिसर युवराज विष्टले एकापसमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा दुई संस्थाबीच ग्राहक तथा सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरी थप सहकार्य हुने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend