काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा १५ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १५ सय रुपैयाँले बढेर १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रुपैयाँले बढेर १ हजार ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।




.gif)



