images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • गत आर्थिक वर्ष तेह्रथुमबाट ५३...

गत आर्थिक वर्ष तेह्रथुमबाट ५३ करोड मूल्यको गोलिया काठ बिक्री

गत आर्थिक वर्ष तेह्रथुमबाट ५३ करोड मूल्यको गोलिया काठ बिक्री

images
images
अर्थ समाचार
मंगलवार, श्रावण २२ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ। तेह्रथुमबाट  आर्थिक वर्ष २०८०र८१ मा ५३ करोड रुपैयाँको गोलिया काठ निर्यात भएको छ । गोलिया काठ निर्यातवापत सङ्घीय सरकारलाई सात करोड ३१ लाख ६९ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर सङ्कलन भएको छ भने ७८ लाख ८५ हजार तीन सय प्रदेश सेवा शुल्कवापत राजस्व सङ्कलन भएको छ ।

    images
    images

    गत आर्थिक वर्षको १२ महिनामा तेह्रथुमका निजी वनबाट २६ लाख ४१ हजार एक सय ८६ क्युफिट गोलिया काठ जिल्लाबाहिर निर्यात भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख उधिमप्रसाद राईले बताए ।

    उनका अनुसार निर्यात भएका सबै गोलियालाई सरकारी दरमा हिसाब गर्दा त्यति मूल्यको पर्ने देखिन्छ । “बाहिर बजारमा सरकारी दरभन्दा बढीमा पनि कारोबार हुने भएकाले हामीले हिसाब गरेकोभन्दा अझै बढी मूल्यको गोलिया हुन जान्छ ।”

    images
    images

    निर्यात हुने गोलियामा ९० प्रतिशत ‘बी’ ग्रेडका उतिसका रूख हुने गर्छन् । गोलियाको गुणस्तर अनुसार ‘ए’ ग्रेड र ‘बी’ ग्रेडमा छुट्याइएको छ । त्यसमा काठ व्यवसायीले ‘ए’ ग्रेडको उतिसको ४५ रुपैयाँ ५० पैसा प्रति क्युफिट मूल्य अभिवृद्धि कर तिरेका छन्भने ‘बी’ ग्रेडको ३२ रुपैयाँ ५० पैसा तिरेका छन् ।

    उनले सो व्यवसाय गरेर स्थानीय १२ जनालाई रोजगारी दिइरहेको बताए । यहाँबाट निर्यात हुने गोलिया काठमा सबैभन्दा बढी उतिस रहेको भने केही मात्रामा चिलाउने, मलातो, पात्ले रहेको छ ।

    त्यसैगरी, राष्ट्रिय वनको गैरकाष्ठ वन पैदावार जडीबुटी गत आर्थिक वर्षमा २४ हजार छ सय किलो यहाँबाट निर्यात भएको छ । त्यसबाट मूल्य अभिवृद्धि करबापत रु ३३ हजार सात सय सङ्कलन भएको छ । तेह्रथुमबाट निर्यात हुने जडीबुटीहरुमा मजिटो, चिराइतो, लोक्तालगायत रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend