images

२०८३ आश्विन १७ गते

images
images
images

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं ।  सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

    images
    images

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।  

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए । 

    images
    images

    हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend